logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डलरको भाउ बढ्यो, हेर्नुहोस कुन देशको विनिमयदर कति?


अंकुरण खबर
936
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७५ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ ।  युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।