logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतिनिधिसभाको बैठक बस्दै


अंकुरण खबर
832
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सांसद खगराज अधिकारीले भारतले दार्चुलाको कोटी याङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

आजको बैठकमा कांग्रेस सांसद गगन थापाले कोरोना संक्रमणको जोखिमबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने पनि कार्यसूची छ ।