logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा युवतीलाई बलात्कार गर्नेलाई सात वर्ष कैद


अंकुरण खबर
806
Shares

तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहीबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको हो ।

जिल्ला अदालतको आदेशमा यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले प्रहरीलाई खबर गरी विसं २०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएपछि प्रहरीले उजुरी दर्ता गरी कारवाही थालेको हो ।

पीडितका श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा छन् ।

आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको आरोपितको भनाइ छ ।