logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको त्रास : चीन र भारतसँग सीमा जोडिएका ३७ जिल्ला बढी जोखिममा


अंकुरण खबर
2.145K
Shares

महामारीको रुपमा फैलिएको कोराना भाइरसले नेपाल र चीन सिमासँग जोडिएका ३७ जिल्ला जोखिममा परेका छन् । कोरोना भाइरसको त्रासले चीनसँग नाका जोडिएका स्थानीय बढी त्रसित बनेका हुन् ।

सीमा क्षेत्रका स्थानीयवासी कोरोनाको त्रासले सभा समारोह र भेलामा सहभागी हुन छाडेका छन् । अहिले सीमा क्षेत्रका स्थानीयले अझै केही महिना तातोपानी नाका नखोल्न भन्दै सरकारी निकायसमक्ष माग गरिरहेका छन् । सरकारले नाका बन्द गर्नको लागि सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयलाई आधिकारिक पत्राचार नगरे पनि गत माघ १७ गतेदेखि तातोपानी भन्सार कार्यालय बन्द गरिएको छ ।

तातोपानी नाका जोखिम अन्त्य नभएसम्म सञ्चालन गर्न नहुने स्थानीयको आग्रह छ । गत माघ १६ बाट तातोपानी नाकाबाट सामान आवतजावत भएको छैन । कोरोना भाइरसबाट बच्न घरेलु रुपमा अपनाउन सकिने उपायका बारेमा भोटेकोशी गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अहिले नाका पूर्ण रुपमा बन्द भएको भन्दै आगामी दिनमा मन्त्रालयको निर्देशन अनुसार अघि बढिने तातोपानी भन्सार कार्यालयका कर्मचारी उमेश भट्टको भनाइ छ ।

नाका बन्द भएकाले हेल्थ डेस्कमा प्राविधिक नराखिएको भए पनि स्वास्थ्य विभागबाट आवश्यक जनशक्ति आइसकेको भोटेकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र श्रेष्ठको भनाइ छ । सचेतना अपनाए आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले जनाए पनि अनावश्यक त्रास फैलिँदा मानिसमा अस्वाभाविक त्रास फैलिएको देखिन्छ ।