भक्तपुर नगरपालिका–९, ब्रम्हायणी टाउन प्लानिङबाट ३ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले ब्रम्हायणी टाउन प्लानिङ बस्ने डाईमण्ड कासीहवाको घरमा जुवा तास खेलिरहेको अवस्थामा ३ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी कासिहवा, चाँगुनारायण नगरपालिका–८ सुडाल घर भएका ४० वर्षीय राम सुन्दर खडका र चाँगुनारायण नगरपालिका–३ झौखेल घर भएका ४५ वर्षीय प्रकाश थापा रहेको प्रहरीले जनाएको छ ।
नगद ६ लाख २८ हजार ६ सय ६५ रुपैयाँ र १ बुक ताससहित महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।