logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाँदी जस्तो देखिने बस्तुसहित एक भारतीय बाँकेबाट पक्राउ


अंकुरण खबर
793
Shares

नेपालगञ्ज उपमहानगरपालिका–१० गोसाईगाउँबाट ८ किलो ३ सय ७६ ग्राम चाँदी जस्तो देखिने बस्तु सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बहराईच बस्ने २७ वर्षीय अलिम सलमानि रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनले चलाएको यूपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तु सुनचाँदी ब्यवसायी संघ बाँकेमा परीक्षण गराउँदा २ किलो ७ सय २० ग्राम मात्र शुद्ध चाँदी रहेको पाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।