logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्पतालको बेडबाट प्रधानमन्त्रीको सन्देश–‘म छिट्टै काममा फर्किन्छु’


अंकुरण खबर
1.209K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु छिट्टै काममा फर्कने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौंको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि थप उपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका सदस्यसँग स्वास्थ्यमा तीव्र सुधार भएको र यथाशीघ्र काममा फर्कने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओली  र प्रमुख राजनीतिक सल्लाहकारबीच शुक्रबार बिहान भेट भएको थियो । प्रधानमन्त्री ओलीले छिट्टै म काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी गराएका छन् ।

यस्तो छ उनको ट्विट :

“सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । “साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु,”