सिदार्थ राजमार्ग अन्र्तगत पाल्पाको तानसने ७ लामीडांडामा ट्रिप्परकोले मोटरसाईकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउदै गरेको लु. ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउदै गरेको लुं २ ख. ३१ ७८ नम्बरको टिप्परले ठक्कर दिदाँ मोटरसाईलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ बर्षिय मधु श्रेष्ठको मृत्यु भएको हो ।
उनका श्रीमान् हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको छ ।
प्रहरीले ठककर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।