logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा ‘कोभिड-१९’ बारे सार्वजनिक महत्वको प्रस्ताव पेश, कोरोनाबाट सचेत रहने हो तर्सने होइन : गगन थापा


अंकुरण खबर
949
Shares

प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस कोभिड–१९ बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ।

शुक्रबारको बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट नतर्सिकन सचेत रहन सबैमा आग्रह गरे ।

थापाले सरकारले उपप्रधानमन्त्री स्तरमा बनाएको समिति र अरु प्रयाससमेतलाई अनुगमन र निगरानी गर्न संसदीय समिति बनाउन माग पनि गरे ।

बैठकमा प्रस्ताव पेश गर्दै थापाले भने, ‘कोरोनाभाइरसबाट सचेत रहने हो तर्सने होइन । हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन । सुझबुझपूर्ण तयारी गरौं । सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु, । छरपस्ट होइन एकजुट भएर तयारीमा जुटौं ।’

संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै कांग्रेस सांसद दिब्यमणि राजभण्डारीले औषधि र मास्क लुकाउनेलाई कडा दण्ड दिँदै जेल हाल्न माग गरे ।