logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली अझैँ एक साता अस्पतालमै रहने


अंकुरण खबर
988
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै एक सातासम्म अस्पतालमै राखिने भएको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले ओलीलाई चार दिनपछि डिस्चार्ज गर्न सकिने भएपनि भेटघाट कम गराउन एक सातापछि मात्र डिस्चार्ज गराउन लागिएको बताएकी हुन्। ओलीको स्वास्थ्य अहिले खतरामुक्त रहेको शाहले जानकारी दिइन्।

प्रधानमन्त्रीलाई बालुवाटार लैजाँदा भेटघाट बढी हुने भएकाले अस्पतालमा राख्न खोजिएको र अब ७ दिनपछि मात्र डिस्चार्ज गर्ने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो। ‌