नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले स्कुल कलेज बन्द गर्न माग गरेको छ ।
विश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको भन्दै सरकारको कामलाई पर्याप्त तयारी मानेर बस्न नहुने अनेरास्ववियुले जनाएको छ । सरकारले भिडभाडमा नजानु भन्ने अनि विद्यालय, क्याम्पसहरु सुचारु गर्दा यसले दुविधा सृजना गरेका अनेरास्ववियुले जनाएको छ । उच्च सतर्कता अपनाउँदै तत्काल अनिश्चितकालका लागि स्कुल कलेज बिदा गर्न जोडदार माग गर्दछौं ।’ अनेरास्ववियुले भनेको छ ।