logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगे नेकपाका नेता नेपाल


अंकुरण खबर
1.17K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल शिक्षण अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल पुगेका प्रधानमन्त्रीका पे्रस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेलसहित मन्त्रिगण, सांसदसमेत अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीको गत बुधबार शिक्षण अस्पतालमा दास्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।