logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डाक्टरले लेखे कोरोनाबारे यस्तो चेतनामूलक कविता


अंकुरण खबर
7.852K
Shares

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड—१९)का कारण अहिले विश्व जगतनै तरंगित भएको छ । कोरोना भाइरसकै कारण हजारौंको ज्यान गएको छ भनी, लाखौं संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसक्दा नेपालमा भने सरोकारवालाले प्रयाप्त आवश्यक तयारी गरेको पाइदैन् ।

कोरोना भाइरसलाई देखाएर माक्स,सेनेटाइजर लगाएतका कुराहरुको अभाव भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अप्नाउन चिकित्सकहरुले सुझाब दिएका छन् । यस भाइरसबारे जनरल फिजिसियन डा.रामकृष्ण बरालले यस्तो कविता लेखेका छन् …

कोरोना…

मुहान थियो वुहानमा तिम्रो
फैलियौ संसार भर
रु. ५ को मास्क १०० भन्छन
लाग्न पो थाल्यो डर

सबै जना बिशेषज्ञ यस्का
छैन कसैको केहि तयारी
भ्रम मात्र बाड्छन सब जना
के गर्नु हो हरी हरी

हुलमुल मा नजाउ
जमघट नगर भन्छ सरकार
स्कुल अफिस बिदा भए
लाग्नु पर्ला आ आफ्नो घर

साबुन पानी ले हात धोऔ
मुख छोपी हाच्छिउ
रुघा खोकी लागे घरमै बसौ
तन्दुरुस्त पारौ जिउ

हात नमिलाउ अन्कमाल नगरौ
नमस्कार गरौ जोडौ दुई हात
सरकार जनता सब जना मिली
दिउ कोरोना लाई मात
सरकार जनता सब जना मिली
दिउ कोरोना लाई मात ।