logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : महिलाहरुको एकता, संघर्ष र मुक्तिको प्रयाय


अंकुरण खबर
3.081K
Shares

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले नेपालमा महिलाका हक अधिकार सुनिश्चित गर्न राम्रो कानुन बने पनि कार्यान्वयनका पक्षमा फितलो रहेको बताएकी छिन् ।

एक सय १०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समितिले शुक्रबार गरेको पत्रकार महिलासंगको शुभकामना आदनप्रदान तथा छलफल कार्यक्रममा सभापति श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई महिलाहरुको एकता, संघर्ष र मुक्तिको दिनका रुपमा मनाउन पनि सबैलाई आग्रह गरेकी छिन् ।
कार्यक्रममा पूर्व मन्त्री एवं सांसद रेखा शर्माले संविधानमा लिपिवद्ध भएका कुरालाइृ व्यावहारमा लागु गर्न सबै एकजुट हुन आग्रह गरिन् ।

छलफलमा सांसद यशोदा सुवेदी गुरुङ, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा,लक्ष्मी पुन लगाएतले संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता नेतृत्वमा नहुनु दुखद कुरा भएको धारणा राखेका थिए । आगामी दिनमा महिलाका मुद्धालाई अझ शसक्त भएर अगाडी बढाउनु पर्ने उनीहरुको भनाई थियो ।