logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने साह पक्राउ


अंकुरण खबर
676
Shares

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको धनुषा मिथिला नगरपालिका वडा नम्वर ५ घर भइ हाल काठमाडौंको गौशला बस्ने वर्ष २४ को रामेश्वर साहलाई ठगी आरोपमा आज प्रहरीले पक्राउ गरेको हो ।

साहले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारको सिलसिलामा दुबई, मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारेर ९ जना व्यक्तिहरुबाट ११ लाख २४ हजार २ सय ठगी गरेको महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका साहलाई महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा आवश्‍यक अनुसन्धान तथा  कारवाहीको लागी पठाईएको प्रहरीले जनाएको छ ।