logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरका पसलमा विभागको छापा, मास्क जफत


अंकुरण खबर
1.703K
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु. ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु. एक सयमा बेच्ने गरेको पाइएको छ ।

सो फार्मेसीसँग खरीद बिल पनि नभएको पाइएको छ । पसलबाट छ थान मास्क जफत गरिएको छ । यसैगरी पाटन अस्पताल नजिकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिलसमेत पसलमा नराखेको र रु २५ मा बेच्नुपर्नेमा रु ५० लिएर व्यापार गरेवापत अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ ।

बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा ‘कोभिड–१९’ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरीदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे ।