logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने व्यक्ति पक्राउ


अंकुरण खबर
1.144K
Shares

सर्जिकल सामग्री कालोबजारी गर्ने भारत घर भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर गुप्ताले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको जनगुनासो आए पछि प्रहरीले छापा मारेको थियो ।

पक्राउ परेका गुप्ताबाट प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य रु दुई लाख ५६ हजार ५२० रहेको छ ।

पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।