चीनले कोरोनाविरुद्धको खोप विकास गरेको दावी गरेको छ । कोरोनाविरुद्धको खोप बनाउने प्रयास भैरहेको ठाउँको स्थलगत अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई उक्त टोलीले कोरोनाविरुद्धको खोप पत्ता लागिसकेको जानकारी दिए । अब उक्त खोप आगामी महिनादेखि संसारभरी नै चिकित्सकीय प्रयोगका लागि बाँड्न सकिने चिनिया सञ्चार माध्यमले जनाएका छन् ।
वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।
कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो। चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले भनेका छन्, मुलुकको सवै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउन सकिने बताएको सञ्चार माध्यमले जनाएका हुन् ।
चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने अपेक्षा गरेको छ।