logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
819
Shares

आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा तोकेको छ।    त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ३२ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ११ पैसा छ।