logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसः मृत्यु हुनेको संख्या ३६ सय, ६० हजारको सफल उपचार


अंकुरण खबर
1.105K
Shares

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ३५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । कोरोना संक्रमणकै कारण चीनमा ३ हजार ९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० को मृत्यु भएको छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ ।

इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाको मृत्यु भएको समाचार प्रकाशन भएका छन् ।

त्यस्तै इरानमा १ सय ४५ जना, फ्रान्समा १६ जना, अमेरिकामा १९ जना र जापानका ६ जनाको मृत्यु भएको छ । यसैगरी, अर्जेन्टिनामा एक जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले शनिबार सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ ।

चीनमा भने कोरोनाको संक्रमण दर घट्दै गएको तर अन्य देशमा भने यसको संक्रमण दर बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।