logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियामा देखा पर्यो एक नेपालीमा कोरोना भाइरस


अंकुरण खबर
845
Shares

अष्ट्रेलियामा बस्ने २० वर्षीय नेपाली विद्यार्थीमा कोरोना देखिएको छ ।

अष्ट्रेलियाको तास्मानिया दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो । उनको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया पुगेका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । अष्ट्रेलियाको तास्मानियामा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।