logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको क्वारेन्टाइन भवन भत्किँदा ४ को मृत्यु


अंकुरण खबर
2.652K
Shares

चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ ।

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । ७० फसेका मध्ये ४७ जनालाई उद्धार गरिएको चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ ।

अझै भग्नावशेष भवनमा मानिसहरु फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

सुविधा सम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन ।