चीनमा शनिबार साँझ कोरोना भाइरसका आशंका गरिएका मानिस राखिएको एक होटल भत्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।
दक्षिणपूर्वी चीनको फुजियान प्रान्तको क्वानझोऊमा शनिबार साँझ पाँच तले सिन्जिया होटल भत्किएको थियो। उक्त होटल भत्किँदा मानिसहरु च्यापिएका थिए । अझै २८ जना अझै वेपत्ता रहेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।
अधिकारीहरुका अनुसार पुरिएका उनीहरुको हाल खोजी कार्य जारी छ । आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार ४३ जनाको सकुशल उद्धार भएको छ।