प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले अस्पताल पुगेर समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षाले आइतबार बिहान अस्पताल पुगेका रिमालसँग आफुलाई प्रधानमन्त्रीलाई भेट्न मन भएको बताएकी छन् । भेटमा संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्न मन भएको रिमालले ट्वीट गरेर जानकारी गराएका छन् ।
यस्तो छ, रिमालले ट्वीट:
प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ।
मैले भने- तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) March 8, 2020