logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० महिनालाई धान्ने नुन छ : साल्ट ट्रेडिङ कर्पोरेशन


अंकुरण खबर
1.69K
Shares

नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले आम नेपालीले दैनिक जिवनमा उपभोग गर्ने नुन १० महिना सम्म पुग्ने स्टक रहेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको त्रासका कारण बजारमा व्यापारीहरुले नून अभाव देखाएर प्रतिकिलो ५० रुपैयाँसम्म लिन थालेको उपभोक्ताको गुनासो छ । बजारमा नूनको कालोबजारी सुरु भएपछि आपूर्ति व्यवस्था मिलाउदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले १० महिनालाई पुग्ने नुन स्टक रहेको स्पष्ट पारेको हो ।

कर्पोरेशनसँग विभिन्न कार्यालयका गोदामा १ लाख ३६ हजार मेट्रिक टन र २२ हजार ५०० मेट्रिक टन मार्गस्थलमा गरी १ लाख ५८ हजार ५०० मेट्रिक टन मौजाद रहेको जनाएको छ। यो स्टकले देशको मागलाई १० महिनासम्म धान्ने कर्पोरेशनको दावी छ।

कोरोनाका कारण बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव सुरु भइसकेको छ। सर्वसाधारणले ग्यास, चामल, दाल, नून, तेललगायतका सामाग्री संचय गर्न थालेकाले अभाव सुरु भएको हो।

व्यापारीहरुले समेत उपभोग्य सामानको कालोबजारी गर्न थालेका छन्। उपभोग्य सामानको अभाव देखाएर बढि मूल्यमा बिक्री गरिरहेका छन्।

सरकारले दैनिक उपभोग्य सामानको कालोबजारी नियन्त्रण गर्न अनुगमन बढाइएको दावी गरेपनि बजारमा आपूर्ति व्यवस्था सहज हुन सकेको छैन।