logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नेपालका महिलाहरु प्रधानमन्त्री बन्न पनि सक्षम र योग्य छन् : मन्त्री अर्याल


अंकुरण खबर
1.014K
Shares

११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले देशको नेतृत्व लिन महिला सक्षम र योग्य भएका बताएकी छन् ।

नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले नेपाली धेरै महिलाहरु प्रधानमन्त्री बन्न पनि योग्य रहेको बताएकी हुन् ।

विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता रहेका सुनाइन्।

उनले महिलाहरुमा आर्थिक परनिर्भरता रहुञ्जेलसम्म उत्पीडन यथावत रहने तर्क गरिन् । उनले भनिन्,‘अब आम महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ। त्यहीअनुसारको सीप प्रदान गर्नुपर्छ । यसो गर्न सकियो भने महिलाहरु स्वतन्त्र र सवल हुनसक्छन्।’

मन्त्री अर्यालले महिलामा प्रतिष्पर्धी क्षमता अभिवृद्धि भैरहेको बताईन। राष्ट्रिय निर्माणको दायित्व पूरा गर्ने सवालमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ। त्यतिमात्रै नभएर देशको हरेक निकायमा जो जो महत्वपूर्ण पदमा पुगेका महिलाहरु छन्, उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको उनले दाबी गरिन् ।