logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक


अंकुरण खबर
2.093K
Shares

कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कोरोना भाइरसको प्रकोप फैलिएको भन्दै उच्च सर्तकता अपनाउन कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि कतार एयरवेजले इटालीका लागि सबै उडान बन्द गरिसकेको छ। सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टि भएको छ। कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि ‘कोभिड-१९’ को संक्रमण भएको पुष्टि गरेको छ ।