logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एकै दिन परे ५३२ सवारी चालक कारबाहीमा


अंकुरण खबर
2.132K
Shares

आज सोमबार मात्रै नियम उल्लघन गरी सवारी चलाउने ५३२ सवारी साधन कारबाहीमा परेका छन् ।

आज होलीको दिन सडक दुर्घटना कम गर्नको लागी सोमबार ट्राफिकको बाक्लो उपस्थित रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार होलीकै दिन उपत्यकाका सडकमा ७८ स्थानमा चेक प्वाइन्ट र १४ वटा मोबाइल (गाडीमा गस्ती) खटिएको थियो।

‘तिव्र गतिमा सवारी नहाँकौं र मापसे नगरी सवारी चलाउँ ’ भन्ने नारासहितका प्ले कार्ड बोकेर सडकमा ट्राफिक प्रहरी खटिएका देखिन्थे। महाशाखाका प्रमुख भीम ढकालका अनुसार अपरान्हसम्म पाँच सय ३२ जना सवारी चालकलाई नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गरिएको थियो।

त्यसमध्ये ५३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको थियो। यी मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरेको, तीन जनासम्म एउटै मोटरसाइकलमा चढेको, हेल्मेट नलगाई चलाएको लगायतका आरोप छन्। उनले सवारी चेकप्वाईन्ट धेरै राखिएकाले दुर्घटना हुन नपाएको बताए।