logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होलीको हर्षोल्लासमा कोरोनाको त्रास, यसरी मनाइदैंछ काठमाडौंमा होली


अंकुरण खबर
728
Shares

आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ।

उपत्यका लगायत देशभरी नै उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्ष भने कोरोनाका भाइरसका कारण केही शान्त देखिएको छ। सरकारले भिडभाड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै नदेखिएको हो ।

उपत्यकाका सडकहरु सुनसान देखिएका छन्। नयाँ बानेश्वर, त्रिपुरेश्वर, ठमेल लगायतका क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिने भएपनि यो वर्ष भने केहि शान्त देखिएको छ। विश्वभरी कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन।

यद्यपी बसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरुको भिड रहेको छ।  बसन्तपुरमा भने सामान्य तरिकाले होली पर्व मनाइएको छ ।

प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जबरजस्ती लोला हान्ने र रङ दल्नेहरुलाई कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले उपत्यकाका ६५ भन्दा बढी स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ भइरहेको जनाएको छ।