प्रधानमन्त्री केपी शर्मा ओलीलेको मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यमा सन्तोषजनक सुधार भएको र उनलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।
शिक्षण अस्पतालले आज अपरान्ह जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीका लागि मिर्गौला दाता उनकी भान्जी समीक्षा संग्रौलको स्वास्थ्यस्थिति पनि राम्रो अबस्थामा रहेको जनाइएको छ ।
गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।