प्रहरीले होलीमा जबरजस्ती रंग दलेको अभियोगमा ११४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ८ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोही बलजफ्ती लोला हान्ने छन् भने कोही समूहमा झगडा गर्नेहरु पनि रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरी वृत्तमा राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने जनाइएको छ ।