logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस वर्षको ‘महामूर्ख’ प्रदेश २ का मुख्यमन्त्री


अंकुरण खबर
767
Shares

होली पर्वको अवसरमा जनकपुरधाममा मिथिला नाट्य कला परिषदले २३ वर्षदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन जनकपुरधाममा सोमबार सम्पन्न गरेको छ ।

विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको हास्य व्यंगात्मक उक्त सम्मेलनमा एकजना विशिष्ट व्यक्तिलाई प्रदान गर्दै आएको महामुर्खको उपाधि यस पटक प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरिएको छ ।

मिथिला नाट्य कला परिषद जनकपुरधामका अध्यक्ष परमेश झाले फुल र तरुलको माला लगाएर मुख्यमन्त्रीलाई सम्मान गरी उक्त उपाधिको प्रमाण पत्र प्रदान गरेका थिए ।

परिषदले हास्य मजाक शैलीमा २०६१ सालदेखि नै प्रत्येक होलीमा महामूर्ख, पटमूर्ख, टुनमुसरी लगायतका उपाधि दिँदै आएको छ ।