logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुहाउँदा निस्सासिएर विद्यार्थी नेताको मृत्यु


अंकुरण खबर
845
Shares

डडेल्धुरामा बाथरुममा नुहाउने क्रममा एक विद्यार्थी नेताको मृत्यु भएको छ।

होली खेलेपछि बाथरुम छिरेका नेपाली कांग्रेसको भातृ संगठन (नेवि संघ) का डडेल्धुरा सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका हुन्। ग्यास गिजर चलाएर नुहाउने क्रममा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

विद्यार्थी नेता भण्डारी डडेल्धुरा स्थित विभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए।