logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यूएईमा दुई नेपालीलाई कारोना संक्रमण


अंकुरण खबर
3.406K
Shares

संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।

यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।