logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना प्रभाव , कतारमा नेपालीलाई प्रवेशमा रोक


अंकुरण खबर
741
Shares

कतार सरकारले नेपालीलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरको संक्रमणमा न्यूनीकरण गर्न भन्दै नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतारमा रोजगारीका लागि धेरै नेपाली जाने गरेका छन् । तर उसले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा टेलिफोनबाट सम्पर्क गर्न आग्रह गरेको छ ।

दूताबासबाट कुनै सेजाबारे जानकारी लिनु परे फोन वा इमेलबाट सम्पर्क गर्न अनुरोध गरेको छ । कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ ।