logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज तोलामा कति पुग्यो ?


अंकुरण खबर
702
Shares

आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार सुन २ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर ८२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।