logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

फरार ठेकेदार भेटवालले प्रहरीसमक्ष गरे आत्मसमर्पण


अंकुरण खबर
3.445K
Shares

ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आज बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् । प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा उनलाई अदालतले पक्रन पुर्जी दिएको थियो । उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए ।

चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । उनी जलेश्वर स्वच्छन्द विल्डर्स कम्पनीका सञ्चालक हुन् ।

उनको कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ भ्यु टावर बनाउने ठेक्का पाएको छ ।