logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

श्रीमतीद्धारा श्रीमानको मुखमा तेजाब प्रहार


अंकुरण खबर
806
Shares

सुतिरहेका बेला श्रीमतीले श्रीमानको मुखमा तेजाब प्रहार गरेका छन् ।

सोमबार राति काठमाडौंको बालाजुमा रातको साढे १२ बजे श्रीमतीले २७ वर्षीय श्रीमानमाथि तेजाब प्रहार गरेकी हुन् । घटनालगत्तै अनुसन्धान थालिएको भन्दै महानगरीय प्रहरीबृत्त बालाजुले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

प्रहरीले रामराजामाथि तेजाब छर्ने अरु कोही नभएर श्रीमती भएको आशंका गरि रामराजाकी श्रीमती प्रतिमा थापालाई नियन्त्रणमा लिएको छ । रामराजाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । राजाराम बसचालक हुन् । उनीहरुको छ वर्षपहिले विवाह भएको थियो । उनीहरुको एक बच्चा पनि छ।