नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको तेश्रो दिन आज मंगलवारको कारोवार बन्द भएको छ ।
बजार खुलेको डेढ घण्टामै सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोवार बन्द गरिएको थियो । फेरि कारोबार सुरु गरेपछि १ बजेर १३ मिनेटमा ६ प्रतिशतले बजार घटेको थियो । योसँगै नेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।
५ प्रतिशत भन्दा बढिको उत्तारचढाव बजारमा देखिएमा लाग्ने यसप्रकारको सर्किट ब्रेक मंगलवार ६ दशमलव २ प्रतिशतको नकारात्मक देखिएपछि लागेको नेप्सेले सूचनामा उल्लेख गरेको छ । दिनभरको लागी कारोबार बन्द गरिएको सूचना नेप्सेले जारी गरेको छ ।
कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ४९ दशमलव ३१ विन्दुमा कायम भएको छ भने १ अर्ब ७६ करोड ६९ लाखको कारोबार भएको छ ।