logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोराना भाइरस : नेपाल एयरलाइन्सले पनि रोक्यो कतारको उडान


अंकुरण खबर
845
Shares

कोरोना भाइरसका कारण हिमालयन एयरलाइन्सले उडान रोकेलगत्तै सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले पनि कतारका सबै उडान रोक्ने निर्णय गरेको छ।

मंगलबारदेखि नै लागू हुने गरी राष्ट्रिय ध्वजावाहकले यस्तो निर्णय लिएको हो। कतारले नेपालसहित १४ देशका नागरिकलाई अर्को निर्णय नभएसम्म रोक लगाएपछि नेपालबाट हुने उडानहरु स्थगित गरिएको हो।

दैनिक गइरहेको हिमालयनले सोमबार काठमाडौं–कतार उडान तत्कालका लागि स्थगित गरेको थियो। तर नेपाल एयरलाइन्सले यात्रुको चाप रहेको भन्दै उडान नरोक्ने जनाएको एक दिनमै उक्त निर्णयबाट पछि हटेको हो। तत्काललाई कतार जाने निगमका सबै उडान रोकिएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

कतारले सोमबारदेखि लागू हुने गरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ।

कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ।