logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेस लेखिएको मोटरसाईकलमा भेटियो लागू औषध, २ जना पक्राउ


अंकुरण खबर
1.274K
Shares

बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित २ जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला, विरगंज महानगर वडा न. १५ बस्ने वर्ष ३० को जितेन्द्र कुमार सिंह र भारत विहार बस्ने वर्ष २२ को नासिर आलम रहेका छन् ।

जितपुर सिमरा उपमहानगर वडा नं. २ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रेस लेखिएको ना ६२ प ६२६७ नं.को मोटरसाइकल चलाएका सिंह र साइकलमा सवार आलम समेत २ जनाले एकआपसमा शंकास्पद तरिकाले कुरा गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकाजाँच गर्दा बिक्री गर्ने उद्देश्यले लिई आएको अवैध लागु औषध डाईजेपाम तीन सय पिस, नुफिन तीन सय, फेनारगन ३ सय पिस बरामद गरेको छ ।