logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली अझै दुई दिन जति अस्पतालमै रहने


अंकुरण खबर
975
Shares

प्रधानमन्त्री केपी शर्मा ओली अझै दुई दिन जति अस्पतालमै रहने भएका छन्।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति आफूहरू कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी हुन्।

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीसँग शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको  जानकारी दिदै कन्फर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताइन्।

अबको २ वा ३ दिनमा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न सकिने पनि उनले बताइन्। तर, प्रधानमन्त्री सामान्य मानिस झैं पूर्ण स्वस्थ हुनचाहिं ६ महिनासम्म लाग्ने शाहले जानकारी दिइन् ।

अहिले नै ओलीलाई डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको पनि उनले जानकारी दिइन्।

गत बुधबार मिर्गौला पुनः प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउँदै आएका छन्।