logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार


अंकुरण खबर
1.105K
Shares

शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मङ्गलबार बिहान चार बजेर ३० मिनेटमा जीवित उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।

भग्नाबशेषमा पुरिएका नौ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ । उक्त घटनामा २० जनाको मृत्यु भएको जनाइएको छ ।

होटेल भत्किँदा कम्तीमा ७१ जना भग्नाबशेषमा पुरिएका थिए । उद्धारकर्ताहरूले हराइरहेका अन्य नौ व्यक्तिको खोजी कार्यलाई जारी राखेका छन् ।