logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा बल्खुमा एक जना घाइते


अंकुरण खबर
923
Shares

बल्खुको परीक्षा नियन्त्रण कार्यालय नजिक टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

मंगलबार दिउँसो बा ९६ प ५२५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १७६६ नम्बरको टाटासुमोले ठक्कर दिएको हो।

सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक पुजन घले घाइते भएका महानगरी प्रहरी वृत्त कालिमाटीले जनाएको छ । उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको छ।

सुमो र चालक बद्री बहादुर ढकाललाई प्रहरीले नियन्त्रणमा लिई कालिमाटी वृत्तमा लगिएको जनाएको छ।