logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरालो लाग्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?


अंकुरण खबर
1.248K
Shares

आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार सुन ४ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ८२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको छ ।