तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिकास्थित बाहुन भञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका-च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका-४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।