पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा रिमोट कन्ट्रोलबाट बम बिस्फोटन गराइएको खुलेको छ।
बाँस्कोटाको घरमा बुधबार बिहान प्रेसर कुकर बम रिमोर्ट कन्ट्रोलबाट गराइएको प्रहरीले बताएको हो । घटनास्थलभन्दा पाँच सय मिटर टाढा रिमोर्ट फेला परेको प्रहरीले जनाएको छ।
बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको बताइएको छ।
विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।
यता, बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।