logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरको ठक्करबाट महिलाको मृत्यु


अंकुरण खबर
845
Shares

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ गईरहेको रा१ख २१८८ नंको टिपरले आज बिहान ११ः३० मा ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पु¥याउँदा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक तरकारी व्यवसायी रहेको खुलेको छ ।

ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।