logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले फेरि प्रतिबन्ध लगायो टुटल र पठाओलाई


अंकुरण खबर
1.235K
Shares

अहिलेको युवावर्गमा अति नै लोक प्रिय रहेको टुटल र पठाओ सेवालाई सरकारले फेरि प्रतिबन्ध लगाएको छ ।

यातायात व्यवस्थापन विभागले एक विज्ञप्ती जारी गर्दै एक प्रयोजनको लागी दर्ता गरिएको सवारी साधन अर्को कामको लागी प्रयोग गर्न नपाइने भएकाले यसो गरेमा कारवाही गरिने सुचना उल्लेख गरिएको छ ।

विभागका महानिर्देशक गोगन बहादुर हमालले आफैं हस्ताक्षर गरेर सूचना प्रकाशित गरि टुटल र पठाओका सेवा माथि पुनः प्रतिबन्ध लगाएका हुन् । विभागले गत मंसिर ३ गते पनि सार्वजनिक सूचना निकालेर टुटल तथा पठाओका सेवाहरु रोक्न निर्देशन दिएको थियो ।

ट्याक्सी भन्दा सस्तो र सार्वजनिक सवारी साधन भन्दा छिटो एवं सहज भएकाले पछिल्लो समय टुटल तथा पठाओका सेवाहरु लोकप्रिय बनिरहेका छन् । तर सरकारले रातो नम्बर प्लेटका निजी सवारी साधनले भाडाका यात्रु बोक्न नपाउने व्यवस्थामा टेकेर टुटल तथा पठाओमाथी प्रतिबन्ध लगाएको बताउँदै आएको छ । यातायात व्यवसायी महासंघले टुटल र पठाओको सेवा रोक्न दबाव दिँदै आएका थिए ।