logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘यो गीताको पुस्तक साक्षी छ, अब कहिल्यै पार्टी फुटाउँदिन्’ : अध्यक्ष थापा


अंकुरण खबर
988
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् ।

राप्रपाका दुई घटकबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो ।

उनले भने, ‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ, म पनि अब कहिल्यै पार्टी फुटाउँदिन। यो गीताको पुस्तक साक्षी छ ।’

थापाले राप्रपाले गत संसदीय चुनावमा तीन प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी समेत बन्न नसकेका कारण दुई राप्रपाबीच एकता गर्नुको विकल्प नरहेको समेत बताएका छन् ।